भैरहवा, ३० जेठ । स्वास्थ्य मन्त्री रामजनम चौधरीले अर्थमन्त्रालयले स्वास्थ्य क्षेत्रलाई असहयोग गरेको आरोप लगाएका छन् ।
मन्त्री चौधरीले अर्थमन्त्री विष्णु पौडेलको गृह जिल्ला रुपन्देहीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भने “हामीले अस्पतालहरुको स्तरवृद्धि, चिकित्सकहरुको पदपूर्ति तथा स्वास्थ्य संस्थाको लागि आवश्यक साधनस्रोतको लागि पहल शुरु गरिरहेका छौं तर अर्थमन्त्रलायले सहमति दिनै मान्दैन ।”
मन्त्री चौधरीले रुपन्देहीबासीलाई अर्थमन्त्रीलाई विशेष दबाब दिन आग्रह गर्दै भने तपाईहरुले अर्थमन्त्रीलाई दबाब दिनुपर्यो । मैले स्वास्थ्य क्षेत्रलाई जनताको आधारभुत आवश्यकता सम्झी सबैको पहुंचमा पुर्याउनेछु ।
मन्त्री चौधरीले स्वास्थ्य संस्थाको स्तरवृद्धि, स्वास्थ्य क्षेत्रलाई आवश्यक सवारी साधन खरिद सम्बन्धमा स्वीकृति माग्न खोज्दा अर्थ मन्त्रालयले अहसयोग गरेको पनि बताए ।
मन्त्री चौधरीले भीम अस्पताल भैरहवाको निरीक्षण गर्दै अस्पतालको एक सय बेड पुर्याउनको लागि ओएनएम गर्न एक हप्ताभित्र टोली पठाउने पनि बताएका छन् ।
चौधरीले अबैध अस्पताल र खडेबाबा चिकित्सकलाई तत्काल कारबाही शुरु गरिरहेको जनाउदैं मुन्ना भाई एमविविएस प्रकारका डाक्टरलाई खोजीखोजी जेल हाल्ने पनि जनाए ।













प्रतिक्रिया