२५ कार्तिक २०८३, बुधबार

सरकारले मुलुकलाई भेनेजुएला बनाउँदैछ : कांग्रेस

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congressकाठमाडौं, २९ जेठ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बजेट आर्थिक अनुशासन उल्लंघन गरी ल्याएको भन्दै मुलुक भेनेजुएलाको मार्गमा हिँडेको दाबी गर्नुभएको छ ।

काठमाडौंमा शनिबार कांग्रेसको नागार्जुन नगर समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेता सिंहले नयाँ बजेटले मुलुकलाई भेनेजुएलाको मार्गमा लैजान्छ कि भन्ने आशंका उब्जाएको बताउनुभयो ।

‘भेनेजुएलामा जस्तो असफल मुलुक बन्ने खतरा बढेर आएको छ’ उहाँले भन्नुभयो, ‘सस्तो लोकप्रियता कमाउनु बाहेक यो बजेट कार्यन्वयनको कुनै आधार छैन ।’

०४६ सालपछि कांग्रेसले अबलम्बन गरेको आर्थिक नीतिका कारण चुनौतीका बाबजुत पनि मुलुक आर्थिक समृद्धिको बाटो उन्मुखभएको बताउँदै नेता सिंहले भन्नुभयो, ‘सरकार कामभन्दा भाषणमा रमाएको छ । जनताप्रति जिम्मेवार सकेको छैन ।’

कांग्रेस नेता डा.गोविन्दराज पोखरले मुलुकको आर्थिक विकासका लागि कांग्रेसले नेतृत्व लिनुपर्ने बताउनुभयो । उहाँले अहिलेको सरकारले ल्याएको बजेट सुन्नका लागि उपयुक्त भएपनि कार्यान्वनयमा ठूलो चुनौती रहेको बताउनुभयो ।