काठमाडौं, २९ जेठ । ‘पल्लवी’ एल्वममा संगीत संयोजन गरेका सुदीप सागरको एउटा गीत ‘म्युजिक खबर अवार्ड– २०७३’ को मनोनयनमा परेको छ ।
मनोजराजले स्वर दिएको ‘बलवान हुँ भन्थे…’ बोलको गीतमा सुदीपले संगीत संयोजन गरेका थिए । सोही गीतका लागि सुदीप संगीत संयोजनका तर्फबाट मनोनयनमा परेका हुन् ।
हुन त म्युजिक खबर अवार्डमा ‘पल्लवी’का गीतहरू ९ विधामा ११ जना मनोनयनमा परेका छन् । जसमा शब्द, स्वर, संगीत संयोजन, म्युजिक भिडियोलगायत ९ विधामा ‘पल्लवी’ मनोनयनमा परेको हो । ‘बलवान हुँ भन्थेँ…’का गायक मनोजराज र गीतकार नृपध्वज खड्का पनि आ–आफ्नो मनोनयनमा परेका छन् । ‘पल्लवी’ एल्वममा संगीतकार श्रेष्ठको एकल संगीत छ ।
‘पल्लवी’ एल्वमका सबै गीतहरू राम्रा रहेको सुदीपको भनाइ छ । ‘पल्लवी एल्वममा मैले एउटा मात्रै गीत संगीत संयोजन गरेको हुँ’, सुदीपले भने, ‘तर, एल्वमका सबै गीत राम्रा छन् ।’ सुदीप यो गीतबाट अवार्ड पाउनेमा आशावादी देखिए छन् । भन्छन्, ‘मभन्दा धेरै सिनियर संगीत संयोजकहरूका गीत पनि मनोनयनमा परेका छन्, उहाँहरूसँग प्रतिस्पर्धा गर्न पाउनु मेरा लागि ठूलो कुरा हो । तै पनि अवार्ड पाउँछु कि भनेर आश लिएको छ ।
सुदीपले एमकेए स्पेश दिएर १३५ टापइप गरी ३४२४३ मा एसएमएस (135 Space & Send SMS 34243 ) गर्न अपील पनि गरेका छन् ।















प्रतिक्रिया