काठमाडौं । नेपाली चलचित्रमा केही अनुहारलाई दर्शकले रुचाएका छैनन् । दर्शकले नरुचाएपनि पैसा र धाकधम्कीबाट ती अनुहारहरू फिल्ममा छाइरहेका छन् । त्यस्ता कलाकारहरू खेल्ने फिल्मले व्यापार शून्य गर्ने गरेको छ । उनीहरूका कराण निर्माताको बिल्लीबाठ हुने क्रम जारी नै छ ।
निर्माता डुबाउने खेलमा अहिले नायिका नीता ढुङ्गाना र आमेषको जोडी चर्चित छ । यो जोडीले निर्माता डुबाउने कार्यलाई दिनप्रति दिन निरन्तरता दिइरहेको छ ।
जीवन लुइँटेलको पनि अहिले खासै माग हुन छाडेको छ । सुरुवाती दिनमा राम्रो चलेका जीवनका फिल्महरूले राम्रो कमाइ गर्न नसकेपछि निर्माताहरू दिक्क पर्न थालेका छन् । पहिले पहिले जीवन लुइँटेलका फिल्म भनेपछि दर्शकको भीड लाग्ने गथ्र्यो ।
आर्यन सिग्देल र किशोर खतिवडा पनि फिल्ममा दर्शकले रुचाउन छाडेका छन् । सुरुवाती दिनमा फिल्ममा आफ्नो दब्दबा राख्न सफल आर्यन र किशोरलाई अहिले दर्शकले पटक्कै रुचाउँदैनन् ।
नायिका नम्रता श्रेष्ठको पनि फिल्म चल्न छाडेका छन् । आफ्ना प्रेमीसँगको सेक्स भिडियो सर्वाजनिक भएपछि चर्चामा आएकी नम्रताले खेलेका अहिलेसम्मका कुनै पनि फिल्मले लगानी उठाउन सकेका छैनन् । नम्रताले फिल्ममा चल्न छाडेपछि हेटेलको व्यवसाय गर्दै आएकी छिन् ।
नायिका रजनी केसी पनि खासै नचले पनि उनले साना व्यानरका फिल्महरूमा फाटफुट काम पाउँदैछिन् । तर, रजनीका फिल्महरूले खासै छाप छाड्न सकेका छैनन् । अर्का नायक हुन् प्रशान्त तामाङ, नेपाली मुलका भारतीय कलाकार तामाङलाई दर्शकले मन पराउन छाड्का छन् ।
नायिका गरिमा पन्तले खेलेका केही फिल्मले भने लगानी मात्रै होइन निर्मातालाई धेरै आम्दानी गराइदिएको छ । राम्रो फिल्म खेलेकी गरिमाका पछिल्लो समय राम्रा फिल्म छैनन् । तर, बीपी कोइरालाको ‘तीन घुम्ती’बाट गरिमाले फेरि बाजी मार्ने समीक्षकहरूको भनाइ छ ।
‘तीन घुम्ती’ साहित्य कृतिमा निर्माण गरिएको फिल्म हो । ‘झोले’ फिल्मबाट थुप्रै प्रशंसा र पुरस्कार हात पारेकी गरिमा भाग्यमानी नायिकामा पर्छिन् ।















प्रतिक्रिया