१ कार्तिक २०८३, आइतबार

डडेल्धुराको विकट गाविस रुपालमा सडक पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sadak
फाइल तस्वीर

– राजेन्द्र ठगुन्ना

डडेल्धुरा, २८ जेठ । जिल्लाकै विकट गाविसका रुपमा मानिएको रुपाल गाविस सदरमुकाममा पहिलोपटक सडक पुगेको छ ।

बगरकोट गाविस देखी करिव २६ किलोमिटर सडक निर्वाचन क्षेत्र विकास कोषका साथै रुपालबासीको सहयोगमा सडक निर्माण गरिएको थियो ।

निर्वाचन क्षेत्र विकास कोषको ४० लाख रुपाल गाविसको १० लाख स्थानीयहरुको सहयोग १० लाख गरी जम्मा ६० लाखमा निर्माण कार्य अगाडी बढाईएको भए पनि नेपाल सवरकारले उक्त सडकका लागी ४ करोड भन्दा बढी रकम विनियोजित गरेर ठेक्का प्रक्रियाबाट सडक निर्माण कार्य थालनी गरेको हो ।

भौगालिक रुपमा विकट गाविस भए पनि कृषि उत्पादनका लागी नमुना गाविसका भएको भए पनि यातायात अभावले कृषकहरु समस्यामा रहेको भए स्थानीय गणेश गिरीले बताए ।

उनले भने रुपाल गाविसलाई यातायताका हिसावले जिल्ला सदरमुकाममा जोडिए लगतै कृषकहरु हर्षित भएको छन । स्थानीय उत्पादनलाई जिल्ला सदरमुकामसम्म समेत निर्यात गर्न सकिने भएको हुदाँ कृषकहरुले थप उत्साहीत भएका गिरीले बताएका छन् ।