काठमाडौं, २८ जेठ । संविधान पुनर्लेखनको माग गरेर रिले अनशन सुरू गरेको संघीय गठबन्धनले आज चौथो दिन पनि आफ्नो अनशनलाई जारी राखेको छ ।
बिहान ७ बजेदेखि सुरू भएको रिले अनशनको नेतृत्व संघीय समाजवादी फोरम नेपालका नेता हेमराज राईले गर्नुभएको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिनुभयो ।
‘रिले अनशन आज चौथो दिनमा प्रवेश गरेको छ’, उहाँले भन्नुभयो, ‘अनशनमा ऐक्यवद्धताका लागि नागरिक समाजका अगुवाहरू आउनु हुनेछ ।’
आजको अनशनमा ऐक्यवद्धताका लागि नागरिक समाजका तर्फबाट सीके लाल आउने कार्यक्रम रहेको प्रवक्ता झाले बताउनुभयो ।
बिहान ७ देखि बेलुका ७ बजेसम्म हुने रिले अनशनमा तीन बजेपछि सांस्कृतिक कार्यक्रम हुँदै आएको छ । त्यसपछि ऐक्यवद्धता मन्तव्य राख्ने गरिन्छ ।












प्रतिक्रिया