१ कार्तिक २०८३, आइतबार

बागलुङ कालिकाद्वारा कलाकार र पत्रकारहरूलाई सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baglung Kalika dohari Bimal Yogi Rajan Thakuriकाठमाडौं, २७ जेठ । ‘बागलुङ कालिका दोहोरी साँझ’ गंगबुले आफ्नो पाँचौँ वार्षिक उत्सवका अबसरमा दुई पत्रकारसहित राष्ट्रियस्तरका आधा दर्जन बढी कलाकारहरूलाई सम्मान गरेको छ ।

काठमाडौंको गंगबु मित्रनगरस्थित बागलुङ कालिका दोहोरी साँझमा आयोजित विशेष कार्यक्रममा गायक एवम् दोहोरी साँझका सञ्चालक राजन ठकुरीले कलाकार तथा पत्रकारहरूलाई सम्मान गरेका हुन् । दोहोरी साँझमै विशेष कार्यक्रम राखेर कलासंस्कृतिमा योगदान पुगाएको कदरस्वरुप सम्मान गरिएको गायक ठकुरीले बताए ।

चार वर्ष अघि पुतलीसडकमा स्थापना भइ आफ्नो यात्रा सुरू गरेको बागलुङ कालिका दोहोरी साँझले यसैसाता आफ्नो यात्राको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा टेकेको हो ।

Raju pariyar

बागलुङ कालिका दोहोरी साँझका तर्फबाट गायक राजु परियार, गायक चन्द्र शर्मा, गायक जीवन शर्मा, गायक बिरही कार्कीका साथै दैनिक नेपाल डटकमका कार्यकारी सम्पादक विमल योगी, म्युजिक खबर डटकमका सुमन बैरागीलगायतलाई सम्मान गरिएको गायक ठकुरीले बताए ।

‘कलाक्षेत्रमा योगदान पुगाउनु भएका कलाकार र पत्रकारहरूलाई सम्मान गरेका हौँ’, दोहोरी साँझका सञ्चालक समेत रहेका गायक ठकुरीले भने, ‘कला संस्कृतिको जर्गेना गर्ने दायित्व तपाईहाम्रै हो । सबैलाई हौसला मिलोस् भनेर सानो कार्यक्रम राखेका हौँ ।’

13327590_1019443974840857_7088675880212297511_n 13331039_1019444064840848_3504657532246904456_n 13332849_1019444118174176_679144224921058654_n 13346821_1019444014840853_8052208336485532938_n

Chandra & jeevan