
काठमाडौं, २६ जेठ । दूर शिक्षा तथा खुला विश्वविद्यालय समितिलाई नेपाल विद्यार्थी संघको विधानमा व्यवस्था गर्न गरिएको छ ।
बुधबार दूर शिक्षा तथा खुला विश्वविद्यालय समन्वय समितिले नेविसंघका अध्यक्ष रञ्जीत कर्णलाई ज्ञापन पत्र बुझाउँदै यथाशिघ्र दूर शिक्षा तथा खुला विश्वविद्यालय समितिलाई विधानमा व्यवस्था गर्न माग गरेको हो ।
समितिका संयोजक सुरज सेजुवालको नेतृत्वमा गएको एक समूहले अध्यक्ष कर्णलाई केन्द्रीय कार्यालयमै भेटेर ६ बुँदे मागसहितको ज्ञापन बुझाएको थियो ।

‘भर्खरै मात्र व्यवस्थापिका संसदले दूर शिक्षा तथा खुला विश्वविद्यालय सम्बन्धी विधेयक अनुमोदन गरेको तर, सबैभन्दा पूरानो पार्टी नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले भने दूर शिक्षा तथा खुला विश्वविद्यालय सम्बन्धि कुनै पनि वैधानिक व्यवस्था गर्न सकेको छैन्’ विज्ञप्तिमा भनिएको छ- ‘तसर्थ सबैका लागि शिक्षा भन्ने नारालाई सार्थकता दिन आजको आवश्यकता भएकाले नेविसंघ केन्द्रीय कार्यसमितिले दूर शिक्षा तथा खुला विश्वविद्यालयलाई यथाशिघ्र विधानमा व्यवस्था गर्नुपर्छ ।’
केन्द्रीय अध्यक्षलाई भेटेर समितिले नेविसंघको महाधिवेशन मिति घोषणा गर्न समेत माग गरेको छ ।
हेर्नुस् ६ बुँदे मागसहितको विज्ञप्तिः













प्रतिक्रिया