
पाल्पा, २६ जेठ । नेकपा (माओवादी केन्द्र)का नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न पार्टी क्रियाशील रहेको बताउनुभएको छ ।
पाल्पाको तानसेनमा आज कार्यकर्तासँगको भेटमा उहाँले पार्टीको नेतृत्वमा सरकार बनाएर जनताका समस्या हल गर्ने दावी गर्नुभयो । नेता थापाले माओवादी कमजोर हुँदा जनताका जनजीविका र जनताका मुद्दा कमजोर भएकाले माओवादीको एकता भएको बताउनुभयो ।
उहाँले अहिले माओवादीको पुनर्गठन गरेर नयाँ आधारमा पार्टी निर्माण गरेको र अब माओवादी पार्टी बलियो हुँदै जाने जिकिर गर्नुभयो । रासस












प्रतिक्रिया