२९ आश्विन २०८३, बिहिबार

‘भगवानका प्यारा’ श्रीकृष्णको पार्थिव शरीर काठमाडौंमा, यसरी गरिँदैछ शवयात्रा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shreekrishna-shrestha

काठमाडौँ, २६ साउन । भगवानका प्यारा भएका नेपाली चलचित्रका अभिनेता श्रीकृष्ण श्रेष्ठको पार्थिव शरीर काठमाडौं ल्याइएको छ ।

भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन हुनुभएका अभिनेता श्रेष्ठको शव दिउँसो २ बजे विमानबाट काठमाडौं ल्याइएको हो ।

श्रेष्ठको पार्थिव शरीरको सम्मानका साथ अन्त्येष्टि गरिनेछ । अभिनेता श्रेष्ठको पार्थिव शरीर बिमानस्थलबाट सिनामंगल, तीनकुने, नयाँबानेश्वर, माइतीघर, सिंहदरबार हुँदै कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान पु¥याइने जनाइएको छ ।

यसैगरी, श्रद्धाञ्जलिका लागि श्रेष्ठको पार्थिव शरीर प्रज्ञा–प्रतिष्ठानमा दुई घन्टा राखेर साँझ साढे पाँच बजे अन्त्येष्टिका लागि कमलपोखरी, ज्ञानेश्वर, रातोपुल, गौशाला हुँदै पशुपति आर्यघाट पु¥याइने बताइएको छ ।

अन्त्येष्टिको सम्पूर्ण खर्च सरकारको चलचित्र विकास बोर्डले ब्यहोर्ने भएको छ ।

श्रेष्ठको नयाँदिल्लीस्थित गङ्गाराम अस्पतालमा आइतबार बिहान ५ बजे निधन भएको थियो । निमोनियाको सङ्क्रमण देखिएपछि उहाँ उपचारका लागि अस्पताल भर्ना हुनुभएको थियो ।

चलचित्र निर्देशक आकाश अधिकारीका अनुसार श्रेष्ठलाई एक हप्ता पहिला बोन क्यान्सर भएकामा पहिलो किमो लिएको र शनिबार दोस्रो किमो लिन नसकेपछि निधन भएको हो ।

shreekrishna-shrestha-14 shreekrishna-shrestha14shreekrishna-shrestha-16Shree-krishna-shrestha-death13shreekrishna-shrestha16shreekrishna-shrestha-9 shreekrishna-shrestha-8  shreekrishna-shrestha15  shreekrishna-shrestha9 shreekrishna-shrestha8 shreekrishna-shrestha7  Shree-krishna-shrestha-death12 Shree-krishna-shrestha-death11 Shree-krishna-shrestha-death6

तस्वीरहरु: होम श्रेष्ठ

Shree-krishna-shrestha-death4 Shree-krishna-shrestha-death Shree-krishna-shrestha-death2 Shree-krishna-shrestha-death3

 

यो पनि हेर्नुहोस:
श्रीकृष्णको शवयात्रामा मानवसागर, राजधानी स्तब्ध, सबैलाई रुवाए श्रीकृष्णले (फोटोफिचरसहित)