काठमाडौँ, २६ साउन । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले नायक श्रीकृष्ण श्रेष्ठको असमायिक निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
उपसभापति पौडेलले एक विज्ञप्ति जारी गर्दै उपचारका क्रममा अभिनेता श्रीकृष्णको असामयिक निधन भएको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ ।
श्रेष्ठको निधनले नेपाली सिनेजगतले एउटा लगनशील, सिर्जनशील र साधनारत कलाकार गुमाउन पुग्दा यस क्षेत्रमा अपुरणीय क्षति पुगेको पौडेलको विज्ञप्तिमा उल्लेख छ ।
















प्रतिक्रिया