काठमाडौं, २६ जेठ । मधेसी मोर्चासहितका दल आबद्ध संघीय गठबन्धनको खुलामञ्चको रिले अनशन आज दोस्रो दिन पनि चलिरहेको छ ।
संघीय समाजवादी फोरम नेपालका नेता अशोक राईको नेतृत्वमा रिले अनशन बिहान ७ बजेदेखि सुरू भएको हो । रिले अनशन बेलुका सात बजेसम्म चल्ने संघीय समाजवादी फोरम नेपालकी नेतृ रेणु यादवले जानकारी दिनुभयो ।
रिले अनशनमा गठबन्धनमा आबद्ध दलका विभिन्न नेताहरूको सहभागिता रहेको छ ।
यसअघि, मंगलबार पहिलो दिनको रिले अनशनमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा गठबन्धनका संयोजक उपेन्द्र यादवको नेतृत्वमा रिले अनशन सम्पन्न भएको थियो ।
संविधान पुनर्लेखनको मागसहित आन्दोलनमा रहेका गठबन्धनले असार मसान्तसम्म खुलामञ्चमा रिले अनशन गर्ने जनाएको छ ।












प्रतिक्रिया