१९ कार्तिक २०८३, बिहिबार

मुग्लिन सडक बिहानदेखि सञ्चालनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narayangad Muglin Sadakचितवन, २६ जेठ । पहिरोका कारण बन्द रहेको चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ ।

राति १२ बजे वर्षासँगै खसेको पहिरोका कारण बन्द भएको सडक बिहान ३ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

उक्त खण्डअन्तर्गत चण्डिभञ्याङ–६ स्थित कालीखोलामा खसेको पहिरो डोजरको सहयोगमा पन्छाएपछि बिहानदेखि बाटो खुला भएको हो । राति रोकिएका गाडी बिहान गन्तव्यतर्फ लागेका छन् ।

यसअघि पहिरोका कारण उक्त सडक मङ्गलबार पटकपटक बन्द हुन पुगेको थियो । नारायणगढ–मुग्लिन सडक अहिले विस्तारका क्रममा रहेकाले सामान्य पानी पर्दा पनि विभिन्न क्षेत्रमा पहिरो गएर अवरुद्ध हुने गरेको छ । रासस