बाजुरा, २६ जेठ । बाजुराबासीहरुले सुदूरपश्चिम योजना आयोगले बाजुरालाई राज्यको जस्तो बिभेदकारी दृष्टि नराख्न आग्रह गरेका छन् ।
सुदूरपश्चिम बिकास आयोगले जिल्लाको सम्भावना र चुनौती बिषय गरेको छलफल कार्यक्रमका सहभागीहरुले उक्त कुरा बताएका हुन ।
जिल्लामा पर्यटन, जडीबुटी, जलस्रोत, प्राकृति सौन्दर्य आदिले भरिपूर्ण हुनुका साथै धेरै सम्भावना बोकेका प्राकृतिकछटाको धनी जिल्ला भए पनि राज्यले जिल्लालाई हेर्ने दृष्टि नै सौतेनी ब्यबहार भएको बाजुराबासीले बताएका छन ।
राज्यले सुदूरपश्चिमलाई बिकास निर्माणका क्रमकमा सम्बोधन गर्न नसकेपछि सुदूपश्चिमको समग्र बिकासका लागि ७ पहाडी जिल्ला र २ तराइका जिल्लाहरु समेटेर सुदूरपश्चिम बिकास आयोग गठन गरेको बताइएको छ ।
सुदूरपश्चिमका नौ वटा जिल्लाको कुल जनसख्या २५ लाख ५२ हजार ५१७ जना रहेको छ । सुदूरपश्चिमको साक्षरता दर अझै पनि शतप्रतिशत नभएर ६३ प्रतिशत रहेको र गरीबी ३४.८ रहेको र रोजगारीका लागि छिमेकी मुलुक भारत र खाडी मुलुकमा जाने गरेको सुदूरपश्चिम बिकास आयोगका सदस्य रामेश्वर भटराइले जानकारी दिएका छन ।
सुदूरपश्चिमका पाच वर्षमुनिका बालबालिका कुपोषण ४६.८ प्रतिशत रहेको छ भने औषत आयु ४० वर्ष रहेको सदस्य भटराइले बताएका छन ।
सुदूरपश्चिममा धेरै कुराहरुको अभाब रहेको भएपनि बिशेष गरेर बाजुरामा रोग, भोग, गरिबी, अशिक्षा र बेरोजगारी समस्याले अरु जिल्लाभन्दा बढी ग्रस्त भएकाले सुदूरपश्चिम बिकास आयोग यहाका समस्या सम्बोधन गर्नु पर्नेमा बाजुराबासी जोड दिएका छन ।
















प्रतिक्रिया