महेन्द्रनगर, २५ जेठ । सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार द्विजराज भट्टको कार्यकक्षमा लागेको तालाबन्दी खोल्न कञ्चनपुरका राजनीतिक पार्टीहरुले आ–आफ्नो विद्यार्थी संगठनहरुलाई निर्देशन दिने भएका छन् ।
मंगलबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सर्वपक्षीय बैठकमा परिस्थिती साम्य पार्नका लागि तत्काल दलहरुले आफ्ना विद्यार्थी संगठनहरुलाई ताला खोल्न निर्देशन दिने सहमति भएको प्रमुख जिल्ला अधिकारी मनोहर प्रशाद खनालले बताए ।
उनका अनुसार बुधबार तालाबन्दी खोल्न दलहरुले विद्यार्थी संगठनहरुलाई निर्देशन दिनेछन् । यदि दलहरुको निर्देशनले विद्यार्थी संगठनहरुले ताला नखोले बिहीबार प्रशासनले तोड्ने दलहरुविच सहमति भएको छ ।
विप्लव माओवादी निकट र नयाँ शक्ति निकट विद्यार्थीहरुले तालाबन्दी गरेपनि उक्त संगठन सम्बद्ध नेताहरुको सहभागिता थिएन् । उनीहरुको फोन सम्पर्क नभएका कारण बैठकमा सहभागी हुन नसकेको प्रमुख जिल्ला अधिकारी खनालले बताए । सोमबार विद्यार्थी संगठनहरुले प्रशासन समक्ष रजिष्ट्रार भट्टले माफि माग्नुपर्ने अडान राखेका थिए ।
नेपाली काँग्रेस कञ्चनपुरका सचिव भोजराज बोहराले सुप विश्वविद्यालयको विवाद साम्य पार्नका दलहरुबीच तालाखोल्ने सहमति भएको बताए । तालाबन्दी गर्ने दुई विद्यार्थी संगठनका पार्टीहरु सित छलफल नै नगरेर तालाखोल्ने बारे सहमती भएपनि ताला खुलेपनि कति दिनमा फेरी तालाबन्दी हुन्छ भन्ने ठम्याउन सकिदैन् ।
नेपाली काँग्रेस निकट, नेवि संघ, नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, राष्ट्रिय जनोर्चा निकट अखिल छैटौँ, विप्लप माओवादी निकट क्रान्तिकारी र नयाँ शक्ति निकटका पाँच विद्यार्थी संगठनहरुले पदिय मर्यादा विपरित काम गरेको भन्दै रजिष्ट्रार भट्टको कार्यकक्षमा जेठ पहिलो साता तालाबन्दी गरेका थिए ।
सुपमा लागेका अन्य ताला खोलिएपनि रजिष्ट्रार कार्यालयमा लागेको तालाबारे अझै टुङगो लागेको छैन् ।












प्रतिक्रिया