२५ कार्तिक २०८३, बुधबार

अम्बर गुरुङ नेपाली सेनाको मानार्थ महासेनानी बनेको दिन… (फोटो फिचर)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Amber-gurung-Army-Chief-2

धेरैलाई थाहा नहुन सक्छ वरिष्ठ संगीतकार अम्बर गुरुङ नेपाली सेनाका पनि संगीतकार थिए । उनले नेपाली सेनाको सैनिक गान रातो र चन्द्र सूर्यमा संगीत थिए । त्यही कारण उनलाई नेपाली सेनाको मानार्थ महा सेनानीको दर्जाबाट विभूषित गरिएको थियो । तत्कालिन प्रधानमन्त्री झलनाथ खनालले उनलाई दर्ज्यानी चिन्ह लगाइदिएका थिए ।

नेपाली सेनाको शोक वक्तव्य (जस्ताको तस्तै):

Amber-gurung-Army-Chief-1महान संगीतकार तथा गायक मानार्थ महासेनानी श्री अम्बर गुरुङ्गको आज मिति २०७३ जेठ २५ गते स्वर्गारोहण भएको छ । उहांलाई नेपाली सेनाले २०६८ भदौं ०२ गते नेपाली सेनाको मानार्थ महा सेनानीको दर्जाबाट विभूषित गरेको थियो ।

दिवगंत श्री गुरुङ्गको अन्तिम बिदाईमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले उहांको पार्थिव शरिरमा माल्यार्पण गरी नेपाली सेनाको तर्फबाट भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

उक्त अवसरमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरु, नेपाली सेनाका सकलदर्जा एवं अन्य विभिन्न महानुभावहरुका साथै वहांका नाता कुटुम्ब तथा परिवारजनहरुले पुष्पमाला अर्पण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

श्री गुरुङ्गको पार्थिव शरिरको अन्त्येष्टिको दौरान पशुपति आर्यघाटमा नेपाली सेनाको एक टुकडीले अन्तिम सम्मान प्रदान गरेको थियो ।

उहां नेपाली राष्ट्रिय गानको संगितकार हुनुहुन्छ । त्यसैगरी, वंहाले नेपाली सेनाको सैनिक गान रातो र चन्द्र सूर्यमा समेत संगीत दिनुभएको हो ।

नेपाली सेनाको सैनिक गानका संगीतकार तथा नेपाली संगीत क्षेत्रमा उल्लेखनीय योगदान पुर्या उनु भएका दिवगंत श्री गुरुङ्ग यस संसारबाट परमात्माको काखमा चीरशान्तिबासमा लीन हुनु भएकोमा वहांको आत्माको चीर शान्ति एवं शोक सन्तप्त परिवारप्रति समग्र नेपाली सेना हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

Amber-gurung-Army-Chiefgurung-army-chief-1gurung-army-chiefgurung-army-chief-2