२५ कार्तिक २०८३, बुधबार

यस्तो थियो भारत हल्लाउने अम्बर गुरुङको पहिलो गीत (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Amber-gurung-काठमाडौं, २५ जेठ । वरिष्ठ संगीतकार अम्बर गुरुङले सन् १९५० मा साहित्यकार अगमसिंह गिरीले रचना गरेको ‘नौ लखा तारा उदाए’ मा स्वर र संगीत दिएका थिए ।

यो नै उनको पहिलो रेकर्डिङ गीत थियो । त्यतिबेला उनी दार्जिलिङमै थिए ।

अम्बर समूहकै जुनिएर गायक रूद्रमणि गुरुङका दाई सचिन गुरुङ पुलिसमा ठूलो पदमा जागिरे थिए । उनले नै यो गीतलाई रकर्ड गराउन प्रेरणा दिएको सम्झन्छन् अम्बरको संगीत समूहमा तलबा बजाउने रञ्जित गजमेर ।

नौ लाख तारा उदाए धर्तीको आकाश हाँसेछ 
शरद लाग्यो वनमा फूलले प्रीति गाँसेछ।’

उनी भन्छन्- उहाँले पनि ‘नौ लाख तारा’ गीत सुन्नुभयो । गीत सुनेपछि उहाँले भन्नुभयो, ‘अम्बर यो त एकदम राम्रो छ । यो त रेकर्ड गर्नुपर्छ ।’

उनी सम्झन्छन्– त्यतिबेला गीत रेकर्ड गर्नु सजिलो थिएन । कलकत्ता जानुपर्थ्यो । दार्जिलिङबाट कलकत्ता जान तीन दिन लाग्थ्यो । पैसा धेरै खर्च हुन्थ्यो । सचिन दाइले भन्नुभयो, ‘जसरी पनि रेकर्ड गर्नुपर्छ, चाहिनेजति पैसा म खर्च गर्छु ।’ त्यसपछि अम्बर दाइ र म गएर पहिलो गीत रेकर्डिङ गरायौं । त्यसमा मैले मादल बजाएँ । त्यतिबेला जतिले यो गीत सुने, सबै मोहित भए । यो गीतले त तहल्कै मच्चाउँछ भनेर उनीहरू सबै भन्थे । यही गीत सुनेर तत्कालीन राजा महेन्द्रले अम्बर गुरुङलाई नेपाल बोलाउनुभएको थियो । त्यसको एक वर्षपछि अम्बर दाई नेपाल आउनुभयो र सरकारबाट प्रज्ञा प्रतिष्ठानमा नियुक्त हुनुभयो ।

उनी अगाडि सम्झिन्छन्– यति चर्चित गीतलाई भारत सरकारले भने प्रतिबन्ध लगायो । त्यसको खास कारण थाहा छैन । राष्ट्रियताविरोधी गीत हो भनेर आरोप लागेको सुनियो । तर, त्यो गीतमा नेपालीपनको अभिव्यक्तिबाहेक भारतीय राष्ट्रियताविरोधी शब्द वा भाव केही छैन । सरकारी रूपमा प्रतिबन्ध लागे पनि जनजनको मनमा बसेको अमिट छाप त मेटिनेवाला थिएन । आखिर प्रतिबन्धकै बीच पनि यो गीतले लोकप्रियताको शिखर चुम्यो ।

आफूलाई अम्बरको चेला भनेर चिनाउने रञ्जित गजमेरका अनुसार त्यतिबेला क्यासेटमा निस्किएको उनको गीत एक सातामा ५ सय बढी बिक्री भएको थियो ।

गीतले भारतविरोधी भाव बोकेको भन्दै अल इन्डिया रेडियोले समेत उनको गीत व्यान्ड गरेको थियो ।

हेर्नुस् भारतले प्रतिबन्ध लगाएको अम्बर गुरुङको गीतको भिडियोः

हेर्नुस् अन्य गीतहरुः