काठमाडौं, २५ जेठ । संगीतकार अम्बर गुरुङको पार्थिव शरिरलाई प्रज्ञा भवन कमलादी ल्याइएको छ ।
गुरुङको उपचारका क्रममा आज विहान २ बजेर ३७ मिनेटमा ग्रान्डि हस्पिटलमा निधन भएको थियो । उनलाई श्रद्धान्जलीको लागि कमलादी ल्याइएको हो ।
गुरुङलाई श्रद्धान्जली दिनको लागि प्रज्ञा भवनमा आफ्ना, आफन्त, शुभचिन्तक, कलाकार तथा नेताहरुको उपस्थिति रहेको छ ।
राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिने
यसैबीच संगीतकार गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । संस्कृतिमन्त्री आनन्द पोखरेलको प्रस्तावमा र प्रधानमन्त्री केपी ओलीको निर्देशनमा गुरुङलाई राष्ट्रिय सम्मान दिन लागिएको हो ।
गुरुङको आजै अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।














प्रतिक्रिया