२५ कार्तिक २०८३, बुधबार

एमालेले पार्टीलाई सात वटा प्रदेशस्तरीय कमिटी बनाउने, गृहकार्य सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uml-meeting

काठमाडौँ, २५ जेठ । नेकपा एमालेले नयाँ संविधानबमोजिम पार्टीलाई सात वटा प्रदेशस्तरीय कमिटी बनाउन गृहकार्य सुरु गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमाले स्थायी समितिको बैठकले प्रदेश सङ्गठन कमिटीको संयोजक र सदस्यको चयनको विस्तृत मापदण्ड बनाई तीन दिनभित्र पेस गर्न सङ्गठन विभागलाई जिम्मा दिएको छ ।

सङ्गठन विभागले तयार गरेको प्रस्ताव सचिवालय हुँदै स्थायी कमिटीमा पेस हुने पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा केही सदस्यले पदाधिकारीलाई प्रदेशको संयोजक बनाउनुपर्ने भनाई राखे भने केहीले स्थायी कमिटीका सदस्यबाट संयोजक बनाउनुपर्नेमा जोड दिएका थिए ।

यसअघिको एमालेको केन्द्रीय कमिटीको बैठकले प्रदेश कमिटीमा जाने सैद्धान्तिक निर्णय गरेको थियो । हाल एमालेमा केन्द्रीय कमिटीको मातहतमा विभिन्न अञ्चल समन्वय कमिटी छन् । रासस