१ कार्तिक २०८३, आइतबार

‘भेडी गोठ’ प्रदर्शनको अन्तिम तयारीमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhedi-Goth– जनक श्रेष्ठ

लमजुङ । मिलन डिजी इन्टरनेशनल प्रालिको ब्यानरमा पहिलो गुरुङ चलचित्र भेडी गोठ प्रदर्शनको तयारीमा रहेको छ । चलचित्रको सबैका काम पूरा भएसँगै साउन महिनामा पहिलो पटक लमजुङमा प्रदर्शन हुनेछ ।

वैशाख १ गतेबाट गुरुङ चलचित्र भेडी गोठ लमजुङका पर्यटकीय गाउँ इलमपोखरी भारते ढिन गाउँमा छायाँकन भएको थियो । यस चलचित्रको बाँकी छायाँकन तनहुको भानु– १ खहरेमा समेत छायाँकन गरिएको छ ।

करीब २० लाख रुपैयाको लगानिमा निर्माता दुर्ग गुरुङ (मिलन) ले निर्माण गरेको यसचलचित्रमा गुरुङ समुदायको परम्परागत चल्तिचलन, गोठालाको मायाँ प्रेम र रमणीय विभिन्न ठाउँलाई समावेश गरिएको छ ।

Bhedi-Goth-1चलचित्रले गुरुङ समुदायको लोपहुँदै गएको परम्परादेखिको भेडी गोठलाई समाबेश गरी अहिलेको समुदायलाई आफ्नो परम्परागतका चल्तिचलनलाई जोगाई राख्नु पर्छ भन्ने सन्देश दर्शक सामु पुग्ने निमार्ण युनिटको विश्वास छ ।

पुस्तौँपुस्तादेखि चलिआएको चलन भेडी गोठ अहिलेका नयाँ युवा पुस्ताले खासै चासो नदिएको र यसको बारेमा अहिलेका युवा पुस्तालाई बुझाउन नसक्दा बिस्तारै ओझेलमा पर्दै जाने संकेत देखिएको छ ।

चलचित्रको लगानी नेपालमा मात्र सुनिश्चित नहुने भएकोले नेपाल बाहिर हङकङ, युके, जापन, कोरीया लगायतका देशमा दशैँको अबसर पारेर प्रदर्शन गर्ने लक्ष्य रहेको छ । यस चलचित्रमा अश्मी गुरुङ, राजेश गुरुङ, ध्वज गुरुङ, गौरी गुरुङ, मेख राज गुरुङ, सनम गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।