२ कार्तिक २०८३, सोमबार

सुनकोसीको तलाउको बहाव बढ्यो, सेनाबाट लगातार विस्फोट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sunkosi

चौतारा, २५ साउन । सिन्धुपाल्चोकको राम्चे–५ को जुरेमा गएको भीषण पहिरोले थुनिएको सुनकोसीको कृतिम तलाउको पानीको बहाव आइतबार बढेको छ ।

नेपाली सेनाको उद्धार टोलीले आइतबार अपराह्नसम्म तीन पटक विष्फोट गराएपनि शनिबारको तुलनामा तलाउको बहावमा वृद्धि भएको प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिनुभयो ।

त्यसैगरी वैकल्पिक सडक खुलाई बाह्रबिसेसम्मको यातायात सञ्चालन भई अत्यावश्वक सामग्रीको ढुवानी सुरु भएको छ ।

वैकल्पिक सडकको लागि बााधस्थलदेखि टेकनपुर तौथली–पिस्कर–धुस्कुन हुादै बा्रहबिसेसम्मको ग्रामीण सडकलाई मर्मत गरी मिनीट्रकलगायत साना सवारीसाधन सञ्चालन भएपछि बाह्रबिसेसम्म सामान ढुवानी सुरु भएको डिभिजन सडक कार्यालय दोलखाका इन्जिनियर अरुणकुमार श्रीवास्तवले जानकारी दिनुभयो ।

साविकको सडकबाट बाह्रसिबेसम्म छ/सात किलोमिटर पर्नेमा वैकल्पिक सडकको दूरी ३४ किलोमिटर पर्ने जनाइएको छ ।

त्यसैगरी नेपाली सेनाले पनि वैकल्पिक सडकको रुपमा ड्यामसाइटबाट साविकको एक किलोमिटर सडक प्रयोग गरी करिब तीन किलोमिटर नयाा सडक निर्माण गरी धुस्कुन हुादै बाह्रबिसेसम्म पुर्‍याउने काम सुरु भइसकेको इन्जियर श्रीवास्तवले जानकारी दिनुभयो ।