काठमाडौं, २४ जेठ । उत्तरी छिमेकी चीनका उच्च सैनिक नेपाल भ्रमणमा सिलसिलामा काठमाडौं आइपुगेका छन् ।
सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाका अनुसार चीनको जोइन्ट स्टाफ डिपार्टमेन्ट सेन्ट्रल मिलिटरी कमिशन का डेपुटी चीफ एडमाइरल सुन जियान्जाओ चारदिने औपचारिक भ्रमणको सिलसिलामा सोमबार काठमाडौं ओर्लिएका हुन् ।
नेपाल भ्रमणमा आउने क्रममा एडमाइरल सुन जियान्जाओलाई उपत्यका पृतनापति उपरथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

नेपाल भ्रमणको क्रममा एडमाइरल सुन जियान्जाओले उपप्रधान तथा रक्षामन्त्री भीम बहादुर रावल र प्रधानसेनापति राजेन्द्र क्षत्रीसंग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।
यस किसिमको छिमेकी मित्रराष्ट्रका उच्च्पदस्थ सैनिक अधिकारीहरुको नेपाल भ्रमणले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।













प्रतिक्रिया