२५ कार्तिक २०८३, बुधबार

कस्तो छ अम्बर गुरुङको पछिल्लो अवस्था ? डाक्टर नै दुःखी (भिडियोमा हेर्नुस्)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Amber-gurung

काठमाडौँ, २४ जेठ । वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्य स्थिति गम्भीर रहेको चिकित्सकले जनाएका छन् ।

उहाँको उपचार भइरहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले आज पत्रकारसम्मेलन गरी उहाँको स्वास्थ्य स्थितिबारे जानकारी दिएको हो ।

पत्रकारसम्मेलनमा उपचारमा संलग्न डा चक्रराज पाण्डेले भन्नुभयो, “उहाँको स्थिति साह्रै नाजुक छ । उहाँलाई भेन्टिलेटरमा राखेर हामीले जतिसक्दो उपचार गरिराखेका छौँ । दिनुपर्ने सेवा दिइराखेका छौँ ।”

उहाँले गुरुङको रक्तस्रावका कारण फोक्सोमा रगत गएकाले उहाँको श्वासप्रश्वासमा जटिल समस्या आएको जानकारी दिँदै भन्नुभयो, “कति मिनेट वा घन्टामा के हुन्छ भन्ने स्थिति छैन ।”

उहाँले अगाडि भन्नुभएको छ– ‘अब अस्पतालको हिसाबबाट हामीले दुःखका साथ के भन्न चाहन्छु भने अम्बर गुरुङको स्वास्थ्य स्थिती निकै नै नाजुक छ । यो भन्नुपर्दा मलाई साह्रै दुःख लागेको छ ।’

खानेनलीमा समस्या, श्वासप्रश्वासमा जटिलता, मधुमेह, पार्किसन्स तथा उच्च रक्तचापलगायत समस्याले ग्रसित गुरुङ एक सातादेखि ग्रान्डी अस्पतालमा उपचाररत हुनुहन्छ ।

हेर्नुस् डाक्टरको वयान भिडियोमाः

https://www.youtube.com/watch?v=3twYTnwSCWQ