१८ कार्तिक २०८३, बुधबार

रसुवामा चार हजार चालक कारबाहीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rasuwa-district-e1424942869595रसुवा, २४ जेठ । रसुवामा ट्राफिक नियम उलङ्घन गर्ने सवारी चालकउपरको कारबाही तीव्र पारिएको छ ।

यातयात व्यवस्था विभागको अनुमति बेगर आएका र स्थानीयस्तरमा ट्राफिक नियम उलङ्घन गर्ने चार हजार १०० सवारी चालकलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी रसुवाले जनाएको छ ।

पासाङल्हामु मार्गमा चल्ने सवारी साधनबाट चालु आवको साउनदेखि हालसम्म जरिवानाबापत रु १८ लाख २१ हजार ५०० राज्यकोषमा दाखिला भइसकेको बताइएको छ ।

कारबाही पर्नेमा ट्रक, बस, जिप, कार, कन्टेनरलगायत रहेका र उनीहरुलाई ट्राफिक नियमको चेतना अभिवृद्धि गराउने कार्यलाई पनि अगाडि बढाइएको ट्राफिक प्रहरीले बताएको छ । रासस