१८ कार्तिक २०८३, बुधबार

नयाँदिल्ली हिँडेका छ महिलाको नवलपरासीबाट उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

– सरु शर्मा

परासी, २४ जेठ । भारतको बाटो हुँदै बैदेशिक रोजगारीमा जान हिडेका ६ जना महिलाहरूलाई माइती नेपाल महेशपुरले नवलपरासीको सिमानाकाबाट नियन्त्रणमा लिएको छ ।

नयाँदिल्ली हुँदै कतार लैजानेभन्दै रामु भन्ने एक व्यक्तिको आश्वासनका आधारमा भारत जान लागेको अवस्थामा माइती नेपालले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा नवलपरासीका दुई जना सहित चितवन, सिन्धुली, धादिङ र तनहुँका महिलाहरु रहेको माइती नेपाल आवधिक गृहकी प्रमुख माया क्षत्रीले बताउनुभयो । दिल्ली हुँदै कतार लैजाने आश्वासन दिएका रामु भन्ने व्यक्ति भने फरार रहेका छन् । उनले आफ्नो ठेगाना सबैलाई फरक फरक भनेकाले यकिन हुन सकेको छैन ।

पक्राउ पर्ने महिलाहरु २१ देखि ३८ वर्षसम्मको रहेको ईन्चार्ज क्षत्रीले जानकारी दिनुभयो । ६ जनामध्य आइतबार नवलपरासीका २ जनालाई परिवारको साथमा घर पठाइएको र अन्य ४ जनालाई पनि परामर्श दिएर आफन्तको जिम्मा लगाउने तयारी भइरहेको माइती नेपालले जनाएको छ ।

नेपाल भारत सीमा क्षेत्र हुँदै दैनिक जसो महिलाहरु बेचिन भारत पुग्ने गरेका छन् । दलालले बिभिन्न बहानामा बेच्न लैजाने गरेको भेटिएको छ ।