काठमाडौँ, २५ साउन । रक्षाबन्धन (जनैपूर्णिमा)का अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले राष्ट्रपति डा. रामवरण यादवलगायत विशिष्ट व्यक्तिलाई आइतबार पवित्रता र स्नेहको शुभ सूचक रक्षाबन्धन /राखी लगाइदिएको छ ।
केन्द्रका निर्देशक ब्रह्माकुमारी राजदिदीले आज बिहान शीतल निवास पुगी राष्ट्रपति डा. यादवलाई रक्षाबन्धन / राखी बाँध्नुभएको हो ।
यस्तै, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवास नेम्बाङलाई पनि ब्रह्माकुमारी राजदिदीले राखी लगाइदिनुभयो । केन्द्रका सहनिर्देशक ब्रह्माकुमारी किरणले विभिन्न मन्त्रीहरूलाई पनि राखी लगाउनुभयो ।
केन्द्रको परिसर ज्याठामा पनि सर्वसाधारणलाई आत्मियता र आपसी सहयोगको भावनाका साथ रक्षाबन्धन लगाउने कार्य भएको छ । रासस
















प्रतिक्रिया