१ कार्तिक २०८३, आइतबार

निर्माण व्यवसायीलाई जिविस संखुवासभाले बोलपत्र खरिद गर्न दिएन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– योगेन्द्र योगी
संखुवासभा, २३ जेठ । जिल्ला विकास समितिबाट बोलपत्र किन्न नपाएको भन्दै नेपाल निर्माण व्यवसायी संघले आपत्ति जनाएको छ ।

बोलपत्र किन्ने ३० औ दिन कर्मचारी ट्रेड युनियनको चुनाब परेकाले निर्माण व्यवसायीले बोलपत्र किन्न नपाएका हन् । निजामती कर्मचारीलाई मात्रै बिदा दिने सरकारी निर्णय भएपनि जिल्ला विकास समिति नै बन्द गरेर कर्मचारीले बोलपत्र नबेचेको आरोप निर्माण व्यवसायीको छ ।

निर्वाचन भएपनि जिविसमा कर्मचारी नआएकाले बोलपत्र किन्न नपाएको एक व्यवसायीले बताए । ३० औ दिन कार्यालय बन्द भए त्यसको भोलिपल्ट बोलपत्र किन्न पाउने नियम भएपनि केही कर्मचारीको मिलोमतोमा किन्न नपाएको उनीहरुको ठहर छ ।

उनीहरुले जिल्ला विकास समिति प्रति असन्तुष्ट समेट प्रकट गरेका छन् । निर्माण व्यवसायीले ठेक्का बदर गरेर पुन सूचना निकाल्न माग समेत गरेका छन् ।