१८ कार्तिक २०८३, बुधबार

सशस्त्र प्रहरी टोलीद्वारा लागूऔषधसहित एक जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Apfसुनसरी, २३ जेठ । सुनसरी जिल्लाको हरिपुर गाविस ९ चारकुनेबाट एपीएफ टोलीले फेनारगन नामको लागूऔषधसहित सोही जिल्लाको फत्तेपुर १ वस्ने ३० वर्षिय महमद रियाजलाई जेठ २२ गते पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीका अनुसार सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट हरिपुरबाट गस्तीमा खटिएको एपीएफ टोलीले निज रियाजलाई तीन एम्पुल फेनारगनसहित पक्राउ गरेको हो ।

पक्राउ परेका रियाजलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

आगलागी नियन्त्रण

यसैगरी पर्सा जिल्लाको घोडादौड पिपरा गाविस ५ पिपरा गाउँमा जेठ २३ गते भएको आगलागी एपीएफ टोली र स्थानीय बासिन्दाले नियन्त्रणमा ल्याएका छन् ।

उक्त आगलागीबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भिखमपुरबाट एपीएफ टोली खटिई गई आगलागी नियन्त्रणमा सकृयताका साथ जुटेको थियो ।

सो आगलागीबाट करीब १७ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ ।