– बिनोद ढुंगाना
पोखरा । पोखरली नव गायक शिव अधिकारीको लोकदोहोरी गित “दैव मेरो दाहिने रैनछ” बजारमा आएको छ ।
यस गीतमा शिवलाई गायनमा चर्चित गायिका पुर्णकला बिसीको साथ मिलेको छ भने गितका शब्द तथा लय सिर्जनामा चर्चित सर्जक एकनारायण भण्डारीले साथ दिएका छन् ।
सितारा म्युजिक प्रालिको व्यबस्थापनमा गितलाई बजारमा ल्याईएको हो । आफ्नी मायालु अर्कैको भएपछि उत्पन्न हुने अवस्थालाई गितले चित्रण गरेको छ ।
उज्जवल केसीको निर्देशनमा तयार पारिएको भिडियोमा रञ्जिता गुरुङ, एस के दाहाल सँगै शिवकोे पनि अभिनय देख्न पाईन्छ ।
दर्शक श्रोताको माया, सल्लाह, सुझावलाई मध्यनजर गर्दै आगामी दिनहरुमा प्रदेशमै रहेर पनि अधिकारीले यस क्षेत्रमा निरन्तर लागिरहने योजना रहेको बताएका छन ।
















प्रतिक्रिया