२५ कार्तिक २०८३, बुधबार

एमालेको स्थायी समिति बैठक बस्दै, सरकारकै विषयमा छलफल हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML Oliकाठमाडौं, २३ जेठ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र सरकारका कामकारबाहीका विषयमा छलफल गर्न नेकपा (एमाले)को स्थायी समितिको बैठक आज पनि बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीको सांगठनिक विषयका साथै सरकार परिवर्तनमा आएका चर्चाहरूका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

राष्ट्रिय सहमतिको सरकारमा बाधक नबन्ने जनाएको एमालेले सो विषयमा आफ्नै दलका नेताहरूले दिएको अभिव्यक्तिबाट चिन्ता जनाउँदै आएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बजेट पारित हुनेवित्तिकै सरकार परिवर्तन गर्ने भनेर भद्र सहमति भएको भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएको छ ।

तर एमालेका नेताहरूले सरकार परिवर्तन गरेर दाहाललाई प्रधानमन्त्री बनाउने विषयमा कुनै भद्र सहमति नभएको दाबी गर्दै आएका छन् ।