२९ आश्विन २०८३, बिहिबार

हतियार बोक्ने माओवादी कार्यकर्ता तरकारी खेतीतिर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tarkari

बागलुङ, २५ साउन । बागलुङका तीन जना पूर्व माओवादी लडाकुहरू अहिले आयमूलक कार्यबाट आफ्नो जीवन फेर्ने धुनमा लागेका छन् ।

बागलुङका चेतनारायण शर्मा ‘सङ्कल्प’, डिलबहादुर परियार ‘निरन्तर’ र रुकुम घर भई कार्यथलो बागलुङ बनाएका कमानसिंह क्षेत्री ‘विकिरण’ ले सामूहिक लगानीमा व्यावसायिक तरकारीखेती सुरु गरेका छन् । बागलुङ नगरपालिका–५ स्थित गौँडाकोटमा पाँच रोपनी जग्गा भाडामा लिएर उनीहरूले तरकारीखेती सुरु गरेका हुन् ।

दुई लाख ५० हजारको लागतमा खेती सुरु गरिएको चेतनारायण शर्माले बताए । सक्रिय राजनीति एकातिर छँदैछ, सँगै उत्पादनसँग जोडिने उद्देश्यले कृषि उद्यमतिर लागेको शर्माको भनाइ छ । शर्मासहित तीनैजना नेकपा–माओवादीको जिल्ला समिति सदस्य हुन् ।

पाँच रोपनीमध्ये डेढ रोपनीमा केराखेती पनि गरिएको छ । त्यसबाहेक विभिन्न जातका तरकारी लगाइएको छ । त्यस्तै करिब एक रोपनी क्षेत्रफलमा च्याउखेती पनि सुरु गरिएको शर्माले जानकारी दिए । जिल्ला कृषि विकास कार्यालयमा सिर्जनशील कृषक समूह दर्ता गरेर व्यावसायिक उत्पादनतिर लागेको उनको भनाइ छ ।

तरकारीखेती सुरु गरेपछि उनीहरूको दिनचर्यामा परिवर्तन आएको छ ।