२५ कार्तिक २०८३, बुधबार

असार पहिलो साताभित्र निर्वाचन गर्न सात जिल्लालाई निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २२ जेठ । नेपाली कांग्रेसले निर्वाचन सम्पन्न हुँन बाँकी सात वटा जिल्लाको निर्वाचन असारको पहिलो सातासम्म सम्पन्न गर्न निर्देशन दिएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय निर्वार्चान समितिको शनिबार ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको बैठकले जेठ २५ गतेदेखि असार महिनाको पहिलो साताभित्र निर्वाचन गरेर नयाँ कार्यसमिति ल्याउन सम्बन्धित जिल्ला र क्षेत्रमा परिपत्र गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

आन्तरिक बिबादपछि सिरहा, धनुषा, महोत्तरी, सिन्धुपाल्चोक, पर्सा, बझाङ र कञ्चनपुर जिल्लामा निर्वाचन हुन सकेको थिएन । धनुषा जिल्लाको क्षेत्र नम्बर ५ मा पनि निर्वाचन हुन बाँकी छ ।

कांग्रेसको १३औँ महाधिवेशनको क्रममा महासमिति र स्थानीय अन्य निकायका निर्वाचन बाँकी रहेका निर्वाचन क्षेत्रहरूमा जिल्ला कार्यसमितिको बैठकले निर्णय गरी जिल्लास्थित डेमोक्रोटिक लयर्स एशोसिएसन, शिक्षक संघलगायत पेशागत शुभेच्छुक संस्थाहरूको सहयोगमा निर्वाचन सम्पन्न गराउन परिपत्र जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।