९ कार्तिक २०८३, सोमबार

माइकल क्लार्कले अस्ट्रेलिया बोलाए नेपाली क्रिकेटर सन्दीपलाई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sandip-With-Kalrck

काठमाडौं, २२ जेठ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अस्ट्रेलियामा क्रिकेट खेल्ने मौका पाएका छन् ।

गत वर्ष अस्ट्रेलियालाई एक दिवसीय विश्वकप दिलाएका कप्तान माइकल क्लार्कले १६ वर्षे लेग स्पिनर सन्दीपलाई अस्ट्रेलियामा खेल्न बोलाइएका हुन् ।

सन्दीपले माइकल क्लार्क एकेडेमीबाट खेल्ने तयारी सुरु गरिसकेका छन् । अघिल्लो साता हङकङमा सम्पन्न हङकङ ब्लिज ट्वान्टी ट्वान्टी प्रतियोगितामा सन्दीपले क्लार्कसँगै खेलेका थिए । यहाँ सन्दीपको प्रदर्शनबाट विश्व क्रिकेटका एक सफल खेलाडी क्लार्क प्रभावित भए । हङकङबाट फर्किएपछि क्लार्कले सन्दीपलाई मेन्सन गर्दै ट्वीटमा छिट्टै भेटौंला भनेका थिए ।

‘क्लार्क मेरो एकेडेमीबाट क्लब क्रिकेट खेल्नु भनेर प्रस्ताव राख्नु भएको छ, त्यसका लागि कुन समय खाली छ भनेर सोध्नु भएको थियो, मैले सेप्टेम्बरमा भनेको छु, सन्दीपले भने,‘माइकल क्लार्क क्रिकेट एकेडेमीबाट खेल्न पाउनु मेरा लागि ठूलो मौका हो, राम्रो अनुभव हुनेछ, धेरै सिकिन्छ पनि ।’

क्लार्कले नै आउने जाने टिकटसहित भिसाको लेटर, खाने र बस्ने व्यवस्था मिलाइदिन्छु भनेको सन्दीपले बताए । सन्दीपको लक्ष्य अस्ट्रेलियाको घरेलु ट्वान्टी ट्वान्टी क्रिकेट बिग बास खेल्न हो । कान्तिपुर दैनिकमा समाचार छ ।