२५ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २२ जेठ । संसद नियमावलीमा सहमति जुटाउने प्रयास स्वरुव प्रधानमन्त्री केपी ओली र सभामुख ओनसरी घर्तीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा संसद नियमावलीको बिबाद राजनीतिक सहमति जुटाएर टुङ्गाउने विषयमा परामर्श भएको स्रोतले जनाएको छ ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले संसद नियमावलीमा सहमति खोज्नका लागि आफ्नो सहयोग रहने आश्वासन दिनुभएको थियो ।

प्रमुख दलहरूका बीच संसद नियमावलीमा कुरा मिलेको छैन । कुरा नमिल्दा संसदीय सुनुवाई विशेष समिति बन्ने सकेको छैन ।