– विकाश पराजुली
बुटवल, २१ जेठ । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ बुटवलको आयोजनामा असार १८ गते पाँचौ बुटवल श्री लुम्बिनी अञ्चल स्तरीय प्रतियोगिता –२०७३ हुने भएको छ ।
बुटवल उद्योग बाणिज्य संघको सभाहलमा हुने प्रतियोगिता पाल्पा, रुपन्देही, नवलपरासी र कपिलबस्तुका खेलाडिहरुको सहभागिता हुने आयोजकले बताएको छ । आयोजकले शुक्रबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी सुरु भएको बताएको छ । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ बुटवलका अध्यक्ष शिवध्वज राईले स्वच्छ जीवनका लागि प्रतियोगिताको आयोजना गरिएको बताए ।
उनले युवाहरु लगु पदार्थको दुव्र्यैसनमा फस्ने भएको त्यस्ता युवाहरुलाई यस खेल तर्फ आर्कषित बनाउँदै दुव्र्यशनमुक्त समाजको निर्माणका लागि प्रतियोगिताको आयोजना गरिएको बताए । करिव २ लाख ५० हजार खर्च हुने अनुमान गरिएको प्रतियोगितामा विजेताले पाँचौ श्री बुटवल–२०७३ को उपाधि सहित नगद १५ हजार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा पाँच वटा बजन समुहमा हुने बताइएको छ । ५५, ६०, ६५, ७० र ७० के.जी भन्दा बढि तौल समुहमा प्रतियोगिता हुनेछ । आयोजकले असार १६ गते सम्म रुपन्द्येही जिल्ला खेलकुद विकास समिति बुटवलमा नाम दर्ता गर्न ईच्छुक खेलाडिलाई आबह्न गरेको छ ।
प्रतियोगितामा म्युजिक राउडमा प्रत्येक खेलाडिले बढिमा १ मिनेट समय सम्मको धुनमा आफ्नो ऐच्छिक आसन देखाउने पाईने नियममा उल्लेख गरिएको छ । प्रत्येक बजन मसुहमा प्रथम हुने खेलाडिलाई नगद ३ हजार सहित मेडल, प्रमाणपत्र बाट सम्मानित गरिने आयोजकले बताएको छ । त्यस्तै अल ओभर विजेतालाई नगद १० हजार सहित मेडल प्रमाणपत्र बाट सम्मानित गरिनेछ ।
०६५ सालमा भएको प्रथम बुटवल श्रीमा विकाश चौधरी, ०६८ सालमा भएको दोस्रो बुटवल श्रीमा शेर बहादुर खाम्चा, ०७० सालमा भएके तेस्रो बुटवल श्रीमा विनोद बज्राचार्य र ०७२ सालमा भएको चौथो बुटवल श्रीमा विजेन्द्रमान श्रेष्ठ विजेता भएका थिए ।
संघका कोषाध्यक्ष सितुप्रसाद श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष्ँ लोक बहादुर गुरुङ, सचिव केशव बहादुर राना लगाएतको उपस्थिती रहेको थियो ।
















प्रतिक्रिया