२ कार्तिक २०८३, सोमबार

‘चरी’ को सम्पर्क जालो र सम्पत्ति खोज्न थाल्यो प्रहरीले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chari

काठमाडौं, २५ साउन । प्रहरीले दिनेश अधिकारी ‘चरी’ सम्पर्क जालो र सम्पत्तिका बारेमा अनुसन्धान अगाडि बढाएको छ।

यसका लागि महानगरीय प्रहरी अपराध महाशाखाले चरीको समूहमा रहेकाहरू र उनको सम्पत्ति पहिल्याउन टोली नै खटाएको खबर आजको नागरिकमा छापिएकोछ।

आपराधिक गतिविधबाट आर्जन गरेको सम्पत्तिको स्रोत खोज्ने प्रहरी सूचीमा चरीको नामसमेत थियो। केन्द्रीय अनुसन्धान ब्यूरोले दीपक मनाङ्गे, चक्रे मिलन, गणेश लामा, अभिषेक गिरी, परशुराम बस्नेतको सम्पत्ति स्रोतसँगै चरीको पनि सम्पत्ति स्रोत खोजिएको थियो। अन्य पाँचको अनुसन्धान सकिएर विशेष अदालतमा मुद्दा दायर भइसकेको छ। चरीको भने अनुसन्धान जारी नै थियो।

चार वर्षअघि अपराध महाशाखाले गुण्डागर्दीमा कहलिएकाहरूको सम्पत्ति विवरण संकलन गर्दा चरीको धादिङमा १ सय मुरी खेत र त्यहीँ बालुवाखानी रहेको खुलेको थियो। अनुसन्धानरत स्रोतका अनुसार बुधबार मुठभेडमा मारिएपछि प्रहरीले चरीसँग निकट र पारिवारिक सदस्यहरूको चल-अचल सम्पत्ति विवरण संकलन तिब्र बनाएको छ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले चरीको सम्पर्क जालो र सम्पत्तिलाई प्राथिमकता दिएर खोजि गरिरहेको जानकारी दिए।