१ कार्तिक २०८३, आइतबार

‘ड्रिम्स’ पाइरेसी गरेर भुवन केसीको एक करोड रुपैयाँ उडाउने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhuwan kc

काठमाडौं । भुवन केसीको फिल्म ‘ड्रिम्स’ पाइरेसी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आफूलाई थाहा नदिएरै फिल्म पाइरेसी भएको र एक करोड ३ लाख ५० हजार रुपैयाँ क्षति भएको भन्दै भुवनले महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा एसएसपी सर्वेन्द्र खनाललाई नै भेटेर उजुरी दिएका थिए ।

उनको उजुरीपछि प्राविधिक अनुसन्धानबाट प्रहरीले हाईलाईट्स नेपाल प्रालिका कर्मचारी रुपन्देही घर भएका २१ वर्षीय विधान गुरुङ र भक्तपुर घर भएका२५ वर्षीय चन्द्र लबाजुलाई पक्राउ गरेको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

यस्तो छ घटना विवरणः

यस कम्पनीले सुपर काजल फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ड्रिम्सको सम्पुर्ण प्रतिलिपि अधिकार लिएकोमा चलचित्र बजार ब्यवस्थापन गर्नु अगावै सम्पुर्ण चलचित्रहरु डिजिटल तथा भि.सि.डी. मार्फत अवैधानिक रुपमा प्रतिलिपि अधिकार हनन गरी सार्वजानिक गरी रु. १,०३,५०,०००।-  बरावरको क्षति पुर्‍याएकोले दोषी माथी कारवाही र क्षतिपुर्ति समेत भराई पाउं भनि हाईलाईट्स नेपाल प्रा.लि. को मिति २०७३।०२।०५ गतेको उजुरी र सुपर काजल फिल्मस  प्रा.लि.को मिति २०७३।०२।०६ गतेको उजुरी प्राप्त हुन आएको । मिति २०७३।०२।१८ गतेको  नेपाल चलचित्र कलाकार संघले समेत गैर कानुनी रुपमा पुरै चलचित्र पाईरेसी हुंदा चलचित्र निर्मातालाई ठुलो आर्थिक घाटा पर्नुको साथै समग्र नेपाली चलचित्र क्षेत्रलाई समेत ब्यापक असर पार्ने हुनाले त्यस्तो गैर कानूनी रुपमा चलचित्र निर्मातामा रहेको अधिकारलाई हनन हुने गरी पाईरेसी गर्ने लाई कारवाही गर्न अनुरोध भनी पठाएको पत्र समेत प्राप्त हुन आएको ।

प्राप्त उजुरी माथी अनुसन्धान गर्दै जांदा टेक्निकल ईन्टेलिजेन्स र प्राविधिक तथ्यको आधारमा मिति २०७३।०२।१९ गते हाईलाईट्स नेपाल प्रा.लि.को कार्यालयबाट जिल्ला रुपन्देही भैरहवा १३ घर भई सानेपा ललितपुर बस्ने बर्ष २१ को बिधान गुरुङ र जिल्ला भक्तुपर तचपाल ३ बस्ने बर्ष २५ को चन्द्र लबाजु पक्राउ परेको हुंदा थप अनुसन्धान जारी रहेको छ ।