१८ कार्तिक २०८३, बुधबार

फेसबुक अभियानमार्फत विद्यार्थीलाई छात्रवृति प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

p2

– भोबिन्द्र शाह
बाजुरा, २० जेठ । बाजुरा जिल्लामा रहेका बिपन्न तथा जेहेन्दार बिद्यार्थीहरुका लागी हेल्पिङ नेटवर्क बाजुराले फेसबुक अभियान संञ्चालन गरी १० जना छात्र, छात्राहरुलाई छात्रवृति प्रदान गरेको छ ।

फेसबुक स्टाटसमा पत्रकार अर्जुन शाहले जिल्लाका बिपन्न तथा जेहेन्दार बिद्यार्थीहरुका लागी सहयोगी निकायहरुलाई आग्रह गरे पछि देश तथा बिदेशमा रहेका सहयोगी हातहरुले राम्रो कामको थालनी भन्दै हाल अमेरिका बस्दै आएका अर्नुन प्रसाद मैनालीले कक्षा ८ मा पढ्ने १० जना जेहेन्दार तथा बिपन्न परिवारका बालबालिकाहरुका लागी भन्दै रु एक लाख अमेरीकामै बस्दै आएका बाजुरा निबासी पदम शाहीले २० हजार ८ सय, कुल्देवमाण्डौ गाविसका चेतन थापाले १० हजार बिनोद शर्माले २ हजार, सन्तोष ढुङगानाले २०० सहयोग गरेको पत्रकार शाहले बताएका छन । मैनालीले पठाएको उक्त एक लाख छात्र बृत्तिको रकम बिहिबार एक कार्यक्रमकोआयोजना गरी प्रदान गरीएको छ ।

छात्रबृति पाउनेहरुमा मालिका उमाबि मार्तडीका गगन नेपाली, पशुपति उमाबि ब्रहम्तोलाका निर्मला तिमिल्सेना,स्वामीकात्र्तिक उमाबि वाइका तिलकसिह कठाएत,पार्वती माबि कैलाशमाण्डौका साधना कुमारी पाध्याय, सत्यमाबि पाण्डुसैनका जग्गे नेपाली,महादेब निमाबि गोत्रीका निर्मला शाही, बडिमालिका उमावि, बाँधुका अनुरुप सार्की मालिका मावि जयबागेश्वरीका अनिल बुढना र अम्लीस मावि दहकोटका मनिसा रोकालाई प्रदान गरेको हेल्पीङ नेटवर्क बाजुराका उपाध्यक्ष डम्मर महतले बताएका छन ।

छात्र तथा छात्रहरुलाई जनही रु १० हजार नगद र प्रमाण् पत्र प्रदान गरीएको बताएको छ । पुरुस्कार बितरण गर्दै नेपाली काँगे्रस बाजुराका पूर्व सभासद देबराज गर्दै हेल्पीङ नेटवर्क बाजुराको कार्य प्रशंसनिय भएको जिल्लामा गैर सरकारी संस्थाहरु पाटीका भातृ संगठन बनेको भन्दै यसलाइ पाटी भन्दा टाढा रहेर काम गर्न र सहयोग लिन आग्रह गरेका छन ।

नेकपा एमाले बाजुराका पूर्व सभासद हिक्मत बहादुुर शाहीले हेल्पीङ नेटवर्कको सहयोगले जिल्लाका बिपन्न बर्गका बालबालिकबाहरुका लागी ठुलो सहयोग गरेको बताए । छात्रबृतीका लागी बिद्यार्थी छनौटको जिम्मा जिल्ला शिक्षा कार्यालय बाजुराले गरेको जिल्ला शिक्षा अधिकारी नगेन्द्र प्रसाद रेग्मीले बताएका छन ।

हेल्पीङ नेटवर्क बाजुरा बिशुद्ध समाज सेवा र शिक्षा क्षेत्रमा अग्रस रहने नेटवर्कका अध्यक्ष अर्जुृन शाहले बताएका छन । नेटवर्कंले एसलसी बर्ष उत्कृष्ठ एक जना बिद्यार्थीलाई प्रत्येक बर्ष रु ५० हजार नगद प्रदान गर्ने घोषणा गरेको छ ।