– बसन्त खड्का
बझाङ, २० जेठ । नेपालमा पनि बाह्य पर्यटकसँगै आन्तरिक पर्यटन प्रति रुचि बढिरहेको छ ।
सरकारी ओहदामा रहेका कर्मचारी विद्यार्थी शिक्षक, अभिभावक घुमफिर गरेर विभिन्न स्थानको विषयमा जानकारी लिन शैक्षिक, सामूहिक भम्रण गरेर जानु पर्दथ्यो भने तर, अब त्यसो रहेन नेपालमा आन्तरिक पर्यटन वाह्रय पर्यटनको मोह बढ्दा देशभित्रको पर्यटन व्यवसाय मात्र मैलाएको छैन् ।
हिमाल, पहाड, तराईका विभिन्न स्थानको वारेमा प्रचार प्रसार वढिरहेको पाईन्छ । मध्य हिमाली जिल्ला बझाङ्गको ठूलो ऐतिहासिक बोकेको राममन्दिर आर्कषणको केन्द्र भएपनि पछिल्ला दिनहरुमा बझाङ्ग जिल्लाको लिस्टबाट राममन्दिरको नाम नै हराएको पाइन्छ । सुदूरपश्चिममा एउटा मात्र राम मन्दिर भएको र त्यहि मन्दिरको पनि अहिलेसम्म व्यवस्था गर्न सकिरहेको छैन् । माओवादीको शसस्त्र जनयुद्धका बेला एकाएक प्चारमा आएको मन्दिर विगतका दिनहरुमा राम मन्दिरको रा पनि हराउदै गएको छ । बझाङ्गको गड्राय ५ मा पर्ने राममन्दिर गड्राय– १ र ८ मा पर्ने गुरेयल झर्ना पर्यटकको हिसावले अति रमणिय र शान्त भएतापनि यस पर्यटक क्षेत्रलाई जिल्ला देखि केन्द्रसम्म कुनै पहल नगरिदिएको छ । यस क्षेत्रमा हरेक किसिमका लोपोन्मुख जडिबुटी, बोटविरुवा, जँगली जनावरहरु र पर्यटकलाई लोभ्याउने खालका भएतापनि तर सम्बन्धित निकायले अहिलेसम्म कुनै चासो नदिएको पाइन्छ ।
अहिले यस क्षेत्रमा आन्तरिक र वाह्य पर्यटकको सँङख्यामा वृद्धि भएतापनि तर जिल्ला देखि केन्द्रसम्म यसको कुनै प्रभाह गरिएको छैन् । स्थानिय स्तरमा पर्यटकहरुलाई अझै के कसरी ल्याउ सकिन्छ भन्नेमा छन् । भने तर सरकारले भने अस्ता नगरिएको देखिन्छ । २०६६ सालमा करिव ५ लाखको लागतमा माओवादीले त्यस पर्यटक क्षेत्रको बाटो पुर्नउत्खनन् गरिदिएको थियो । तर पार्टीहरु गरिवहरुको मुक्तिको निम्ति विकासको निम्ति भन्दै राता राता कपडामा ठूला ठूला अक्षरले नारा लेख्दै स्याल कराएको जस्तै गर्नेहरु उनीहरुकै अभावलाई बेचेर विकासलाई पछाडि पारेर आफ्ना महलतिर वजेट पेस गरेका छन् । आफ्ना जिल्ला निर्वाचन क्षेत्रतिर सोझै तेस्र्याएका छन् । भनेर वताउँछन् । स्थानिय नेता विष्णु बहादुर थापा । प्राकृत्तिक सम्पदा तथा पर्यटक मनोरन्जन दृश्यले भरिपूर्ण जहाँ प्रकृत्तिले वाह्रैमास एकै किसिमको हावापानी टल टल टल्किने हिमालहरु, हिमालको चरि डाफे यस क्षेत्रका प्रमुख विशेषतामा पर्दछन् ।
यस क्षेत्रका चर्चित प्राकृत्तिक सम्पदाहरु राम मन्दिर, गुरेयल झर्ना, माता वनमाली, भगवति, दरकाडि, मष्टा, रगसुलो यस क्षेत्रका प्रकृत्तिका अनुपम गहना हुन् । अर्कातिर ठूलो दुखका साथ मरिमेटेर धेरै दलका धेरै नेतालाई हामि सिढि चढाउँछौ । बेकारको पार्टीको नाममा दुश्मनी गर्छाै, तर उनीहरुले गर्नु पर्ने कर्तव्य गर्नुभयो कि भएन् समिक्षा गर्ने बेला आएको छ वास्तवमा गड्राय कसले बनाउने ? भन्ने प्रश्नको जवाफ खोज्ने बेला आएको छ भनेर बताउँछन् राम बहादुर खड्का ।
राज्यबाट सहयोग पाउने आशामा वर्ष विते विते महिना विते,विते हजारौ दिनहरु तर यस क्षेत्रमा सरकारको जिल्लाको नजरै परेन् । सपना सबैका हुन्छन् । तर यस क्षेत्रका मानिसका सपना धेरै ठूला थिएन गोरेटो बाटो भएपनि पर्यटक आउन जान लायक भए हुन्थ्यो भन्ने थियो । गुरेयल झर्ना जुन कि समृद्ध सतहदेखि २५५८ मिटर भएरपनि यसको औचित्यहिन बनेको छ ।
दोभान नदिको विचमा राम मन्दिर नेपालको राजधानी काठमाडौ उपत्यका जस्तो गहिरो सम्म भएको मन्दिरसँगै महेश्वरी उच्च मावि आसपासमा मानिसहरुको वसोबास छेउमै हराभरा भएको खप्तड राष्ट्रिय निकुञ्ज भएर पनि यसको सुनियोजित गरिएको छैन् ।
अब गड्रायका जनताले जसले यस क्षेत्रलाई विकासतिर लिन्छ गड्राय वासिका भोट उहि पार्टीतिर जान्छ भनेर भन्छन् विष्णु बः थापा ।

















प्रतिक्रिया