काठमाडौँ, २० जेठ । बङ्गलादेशमा भइरहेको फिबा एसिया यु–१८ क्वालिफाइङ च्याम्पियनसिपमा नेपालले बुधबार दोहोरो सफलता हात पारेको छ ।
ढाकामा भएको पहिलो खेलमा नेपालले श्रीलङ्कालाई ६५–६४ को साँघुरो अन्तरले पराजित गर्यो । नेपालले चार क्वाटरमा क्रमशः १६–१०, १४–१५, १४–२३ र २१–१६ स्कोर गर्यो । नेपालको जितमा आशिष बस्नेतले २६ अङ्क योगदान गरे । नेपालले कुनै पनि स्तरको खेलमा श्रीलङ्कालाई हराएको यो पहिलो पटक हो ।
बुधबारै भएको अर्को खेलमा नेपालले आयोजक बङ्गलादेशलाई ५७–५४ ले हरायो । नेपालले १५–५, १८–१८, १४–१३ र १०–१८ अङ्क जोड्यो । नेपालका लागि निश्चल महर्जनले १५ अङ्क बटुले ।
चार राष्ट्र सहभागी प्रतियोगिताअन्तर्गत आज नेपालले आफ्नो अन्तिम खेलमा भारतविरुद्ध प्रतिस्पर्धा गर्नेछ । रासस
















प्रतिक्रिया