
काठमाडौं, २० जेठ । मन्त्रिपरिषद बैठक अहिले सिंहदरबारमा जारी छ ।
बैठकमा नेकपा माओवादी केन्द्र समर्थित मन्त्रीहरु भने सहभागी भएका छैनन् । स्रोतका अनुसार बैठकमा माओवादी केन्द्रका तर्फबाट सिँचाई मन्त्री उमेश यादव मात्रै उपस्थित भएका छन् ।
सिडिओ सरुवामा प्रधानमन्त्रीसँग विवाद भएपछि गृहमन्त्री शक्तिबहादुर बस्नेत बैठकमा गएनन् । त्यसैगरी अन्य मन्त्रीहरु भने पार्टीको बैठक पनि चलिरहेकोले मन्त्रिपरिषद् बैठकमा उपस्थित नभएको माओवादीका एक नेताले बताए ।
बैठकले केही महत्वपूर्ण निर्णयहरु गर्ने जनाइएको छ ।












प्रतिक्रिया