२५ कार्तिक २०८३, बुधबार

रिले अनशनको ‘कमाण्डर’ रेणु यादव, तीन बजेपछि सांस्कृतिक कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Renu-Yadavकाठमाडौं, २० जेठ । संघीय समाजदावी फोरम नेपालकी नेतृ रेणु यादवको नेतृत्वमा खुलामञ्चमा सुरू हुन लागेको रिले अनशनको तयारीका लागि समिति गठन गरिएको छ ।

नेवाः राज्यस्तरीय संघीय गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठकले रिले अनशनलाई व्यवस्थित बनाउन नेतृ यादवलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

संघीय समाजवादी फोरम नेपाल नेवाः राज्यका संयोजक कृष्ण खोँजुका अनुसार बुधबार तिनकुनेमा बसेको अनौपचारिक बैठकले खुलामञ्चको रिले अनशनलाई व्यवस्थित बनाउन नेतृ यादवलाई संयोजक बनाउने निर्णय गरेको छ ।

नेवाः राज्यस्तरीय बैठकको निर्णयअनुसार धर्नामा प्रत्येक दिन तीन बजेदेखि सांस्कृतिक कार्यक्रम वौद्धिक क्षेत्रका व्यक्तिहरूलाई बोलाएर धारणा राख्न लगाइनेछ ।