१ कार्तिक २०८३, आइतबार

अर्चनासामु अध्यक्ष राई यसरी बने नतमस्तक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Archana Paneruकाठमाडौं, २० जेठ । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई फेरि एकपटक बिबादको घेरामा परेका छन् । सधै बिबादमा आइरहन रुचाउने राई यसपटक भने अलि फरक प्रसंगमा बिबादमा परेका हुन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

नाङ्गा शरीर देखाएर फिल्म खेलेका युवतीहरूको प्रसंशा गरेर राई बिबादमा तानिएका हुन् ।

यसको जल्दोबल्दो उदाहरण चलचित्र ‘छेस्को’ की नायिका अर्चन पनेरुको नाङ्गो तस्बिरको प्रसंशा गरेका कारण राई बिबादमा तानिएका हुन् ।

केही पहिले चलचित्र क्षेत्रमा अर्चनालाई भित्र्याउनु हुँदैन भनेर उनै राईले प्रतिवाद गरेका थिए । अर्चनालाई अभिनयमा लिने चलचित्र नै बन्द गराउनु पर्छ भन्दै ठूला अभिब्यक्ति दिने अध्यक्ष राई अहिले उनै अर्चना र उनको चलचित्रलाई शुभकामना दिँदै हिँड्न थालेका छन् ।

प्रशंग हो–चलचित्र ‘छेस्को’ले सोमबार आयोजना गरेको एक कार्यक्रम । जसमा विकास बोर्ड अध्यक्ष राजुकमार राई प्रमुख अतिथि बनेका थिए । उनले कार्यक्रममा चलचित्रका साथै चलचित्रकी अभिनेत्री अर्चनालाई समेत शुभकामना दिए ।

स्मरणयोग्य कुरा के छ भने केही पहिले इजाजत नलिई फ्लोरमा गएको अनि पोर्नस्टार बन्छु भन्दै हिँड्ने अर्चनालाई चलचित्रमा लिएको भन्दै चलचित्र टिमलाई शूटिङबाटै चलचित्र विकास वोर्डको पहलमा प्रहरीबाट पक्राउ गराएका थिए राईले । तर, अहिले उनै अध्यक्ष राई तिनै अभिनेत्री अर्चनालाई शुभकामना दिनुलाई ‘दालमे कुछ काला है’ भन्ने तरिकाबाट हेर्न थालिएको छ ।
Chesko Nepali Moviपोर्नस्टार बन्छु भन्दै हिँडेकी अर्चनाले सामाजिक सद्भाव बिथोलेको आरोप राईले नै लगाएका थिए । अर्चनाको पहिलो फिल्म भन्दै नग्न तस्बिर छरेर प्रचार गरेको आँखा अघि छर्लङ्गै हुँदाहुँदै पनि किन पुगे राई शुभकामना दिन ? यो एउटा गतिलो प्रश्न उनी सामु तेर्सिएको छ ।

निर्माण तथा वितरणको काम गरेका राई निकट मानिने करण श्रेष्ठ ‘क्रेजी’को फिल्म भएको कारण हार्न नसकेर राई पुगेको हुनसक्छ अथवा विकास बोर्डलाई अतिथिको निम्तो दिएकाले सो निम्तो मान्न उनी पुगेको पनि हुन सक्छ । तर, कारण जे भएपनि उनको उपस्थितिले वोर्ड नग्न तस्बिर छर्ने, भल्गारिटीलाई स्थान दिने काममा लचिलो बन्दै गएको बुझिएको छ ।

चलचित्र ‘छेस्को’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । चलचित्रले सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट समेत पाएको छ । यो सर्टिफिकेट पाए लगतै १६ वर्षभन्दा मुनिका दर्शकले यो चलचित्र हेर्न पाउने छैनन् । चलचित्रका उत्तेजक दृश्यले गर्दा चलचित्र हेर्न १६ वर्ष मुनिका दर्शकलाई बन्देज लगाइएको हो ।