१ कार्तिक २०८३, शनिबार

टी-२० नकआउट क्रिकेटमा विराटनगर र वीरगन्ज विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cricketरौतहट, १९ जेठ । सरस्वती युवा क्लव चन्द्रनिगाहपुरको आयोजनामा यहाँ जारी गणेशमान सिंह स्मृति राष्ट्रिय टि–ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिताको आज भएको खेलमा विराटनगर क्रिकेट टिम छ विकेटले विजयी भएको छ ।

टस जितेर पहिले व्याटिङ गर्ने निर्णय गरेको कनकपुरले निर्धारित १६ ओभरको खेलमा अलआउट हुँदै १०७ रन बनाएको थियो ।

वर्षाका कारण १६ ओभरमा झारिएको खेलमा कनकपुरका लागि सुवास यादवले ३६ रन बनाएका थिए भने अन्य खेलाडीले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।

कनकपुरलाई १०७ रनमा समेट्ने क्रममा विराटनगरका कालिचरणले चार विकेट लिएका थिए भने लालबहादुर शर्माले तीन विकेट हात पारेका थिए ।

एकसय आठ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको विराटनगरले १४.५ ओभरमा दुई विकेट गुमाउँदै विजय लक्ष्य भेट्टायो । विराटनगरका लागि प्रल्हाद साहले २३ रनको योगदान दिएका थिए भने अजय राजवंशी १३ वलमा ३३ रन बनाएर नटआउट र लालबहादुर शर्मा १९ वलमा ३१ रन बनाएर नटआउट रहेका थिए ।

यसैबीच आज भएको दोस्रो खेलमा वीरगन्ज विजयी भएको छ ।

टस जितेर पहिलो व्याटिङ गरेको गरुडाले निर्धारित १६ ओभरमा छ विकेटको क्षतिमा ११२ रन बनाएको थियो ।

गरुडाका लागि निश्चल विक्रम र आशिकले समान २९/२९ रन बनाएका थिए । गरुडालाई ११२ रनमा सिमित गर्ने क्रममा वीरगन्जका रमिज र सहावुद्दिनले समान दुई/दुई विकेट लिएका थिए ।

एकसय तेह्र रनको विजय लक्ष्यका साथ मैदान उत्रेकोे वीरगन्जका लागि आशिव अन्सारीले अविजित ३४ रन बनाए । आशिव खेलको म्याद अफ दि म्याच घोषित भएका थिए ।

भोलिको पहिलो खेल आयोजक क्लव सरस्वती युवा क्लव र चितवनबीच हुनेछ भने दोस्रो खेल विराटनगर र वीरगन्जबीच हुने आयोजकले जनाएको छ । रासस