
– योगेन्द्र योगी
संखुवासभा, १९ जेठ । जिल्लाको धुपु गाविसमा सर्वसाधारणले चुल्होमा आगो बाल्न सुधारिएको धुवा रहित चुल्लो प्रयोगमा ल्याउन अभियान सुरु गरिएको चुल्लो बनाउन खटिएका बालकृष्ण ठाडा मगरले जानकारी दिए ।
अधिक दाउराको प्रयोगसंगै वनजंगल समेत नासिदै गएपछि सहज र स्वास्थ्यको दृष्टिकोणले समेत उत्तम रहेको भन्दै सुधारिएको चुल्हो प्रयोगमा ल्याउन अभियान नै थालिएको उनले बताए ।
स्वास्थ्यमा समेत प्रतिकुल असर परेको भन्दै यहाँका बासिन्दाहरुले वैकल्पि चुल्होको रुपमा यसलाई विकास गर्दै लाने अभियान थालेको उमेश श्रेष्ठले बताए ।
आफै बनाउन सकिने तथा थोरै दाउरामा छिटो खाना पकाउन सकिने भएकोले पनि स्थानियहरुको यो चुल्हो प्रति आकर्षण बढ्दै गएको हो ।
स्थानीयहरुलाई चुल्हो बनाउने तालिम सुरु गरेपछि अहिले स्थानीयहरुको यो चुल्होप्रति आकर्षण बढेको मोहन कुमार श्रेष्ठको भनाइ छ ।















प्रतिक्रिया