१ कार्तिक २०८३, आइतबार

बलिउडका हास्य अभिनेता रज्जाक खानको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

razzak-khan

मुम्बई । बलिउडका चर्चित हास्य अभिनेता रज्जाक खानको बुधबार निधन भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार थुप्रै बलिउड फिल्ममा काम गरेका रज्जाकको बुधबार बिहान १२ बजेर ३० हृदयघात भई मुत्यु भएको हो । मुम्बईको बान्द्रास्थित एक अस्पतालमा उनले अन्तिम सास लिएका थिए ।

उनको निधनमा बलिउड इण्डस्ट्री शोकमा डुबेको छ । थुप्रै कलाकारले शोक व्यक्त गरेका छन् ।

बलिउडका चल्तीका हास्य कलाकारहरूको सूचीमा अग्रस्थानमै रहेका रज्जाकले १९९३ मा फिल्म ‘रूप की रानी, चोरों का राजा’ बाट बलिउडमा करियर सुरु गरेका थिए ।

त्यसपछि रज्जाक शाहरूख खान स्टारर ‘बादशाह’, सलमान खान स्टारर ‘हेलो ब्रदर’ तथा गोविन्दा अभिनित ‘आखियो से गोली मारे’ लगायतका फिल्मबाट निकै चर्चामा आएका थिए ।

उनले बलिउडमा ९० बढी फिल्ममा काम गरेका छन् ।