१ कार्तिक २०८३, आइतबार

सरकार परिवर्तनको खेलले दीपकलाई टेन्सन! रातारात यसरी मुख खोले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deepak_raj

काठमाडौं । कलाकार दीपकराज गिरीले फेरि सरकार परिवतर्नको खेल सुरु भएपछि कडा प्रतिक्रिया जनाएका छन् ।

मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत सरकार पनि कोल्टे फेरेको जस्तो भइरहेको भन्दै तर, कोल्टे फेरिँदैमा सपना टुट्दैन् भनेका छन् ।

उनले अगाडि लेखेका छन्- ‘सरकार फेरिदा पनि अघिल्लो सरकारले देखेको राम्रा सपनाहरु नटुटुन् ।’

दीपकले सत्तामा जान हतारिनेहरुलाई त्यही हतरा देशको समृद्धिका लागि देखाउन चुनौति पनि दिएका छन् । ‘त्यो हतार जनताका चाहना बुझ्नमा देखाउ । त्यस पछि सत्तामा यो आए नि आउ, त्यो गए नि जाउ… जय नेपाल !!’ उनले निराश हुँदै लेखेका छन् ।

बजेटमा प्रचण्डको नेतृत्व सरकार बन्ने भद्र सहमति भएको भन्दै विभिन्न पार्टीका नेताहरुले सरकार परिवर्तन खेल सुरु गरेका बेला कलाकार दीपकको यस्तो निराश धारणा बाहिर आएको हो ।

deepak-statush