काठमाडौं । नेपाली चलचित्र उद्योगमा २०६९ सालको सुपरहिट फिल्म ‘लुट’को सिक्वेल ‘लुट २’को टिजर मंगलबार रिलिज भएको छ ।
फिल्मको शुटिङ सुरु नहुँदै टिजर रिलिज गरिएको निर्देशक निश्चिल बस्नेतले फेसबुकमार्फत जानकारी गराएका छन् ।
निर्देशक बस्नेतका अनुसार फिल्मको कथा लुटभन्दा फरक छ । फिल्ममा भूकम्प, नाकाबन्दीका साथै अपराधका विषय समेटिएका छन् । आज सार्वजनिक टिजरमा पैसा, शक्ति र बदलाको कथालाई छोटकरीमा देखाइएको छ ।
फिल्ममा पुरानै कलाकार रहने र फागु १३ मा रिलिज हुने निर्देशक बस्नेतले बताए ।
















प्रतिक्रिया