१ कार्तिक २०८३, आइतबार

यी हुन् मिर्गौलापीडित श्रीमतीलाई सापटी दिँदा जेल परेका नायक घिमिरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raj-Ghimireकाठमाडौं । चपली हाइट अभिनेता राज घिमिरेले अपहरण मुद्दामा उन्मुक्ति पाएका छन् ।

जिल्ला अदालत ललितपुरले उनीविरुद्ध लागेको कुमार सिलवालको अपहरण र शरिर बन्धक मुद्दामा सफाई पाएका हुन् । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले उनलाई सफाई दिएको हो ।

सफाई पाएपछि अभिनेता घिमिरेले आफुले मिर्गौलापीडित श्रीमतिका लागि भनेर सापटी दिएको रकम फिर्ता माग्दा फँसाइएपनि न्यायालयबाट सफाई पाएको बताए । ‘मिर्गौलापीडितको परिवार भनेर रकम सापटी दिएको मै फँसे’, उनले भने, ‘बारम्बार मलाई रकम फिर्ता दिने कुरामा बाउन्स चेक पनि हात लागेको थियो, त्यतिबेला म भावुक भएँ, कानुनी कारवाही तिर गइन । तर, पछि रकम फिर्ता माग्दा उल्टै अपहरणको झुठो मुद्दा लगाइयो ।’

गोदावारी क्षेत्रमा आफूले गरेको सामाजिक क्रियाकालापका कारण आफ्नो बर्चश्व गुम्ने भयले स्थानीय राजनीतिक दलका नेताहरुको प्रभावमा परेर आफूलाई फसाउने प्रयास गरेको उनको आरोप थियो । घिमिरेले भने,‘ गोदावारीमा लाग्ने १२ वर्षे मेलामा प्रत्येक पटक तीन लाख घाटा देखाएर रकम हिनामिना गर्ने गरिएको थियो । यस वर्ष मेरो नेतृत्वमा आन्दोलन गरेर हामीले ६५ लाख रुपैया संकलन ग¥यो । यसले गर्दा भ्रष्टाचार गर्न नपाएका र आफ्नो बर्चश्व गुम्ने भयमा परेकाहरुले षडयन्त्रपूर्वक फसाउन खोजेको हुन् ।’

घिमिरेविरुद्ध सिलवालले २०७२ पुस २ गते मुद्दा दायर गरेका थिए जसको फैसला गत बैशाख २९ गते जिल्ला अदालत ललितपुर गरी राज घिमिरेलाई निर्दोष प्रमाणित गरेको थियो । उनले अदालतको न्यायपछि अब आफू फेरि नेपाली चलिचत्र उद्योगमा निरन्तर लागिरहने प्रतिबद्धता ब्यक्त गरे ।

पत्रकार सम्मेलनमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, नायक एवम निर्माता भानुप्रताप, आशा नेपालकी विमला थापा, अधिवक्ता विजय सिलवाल, नायिका दिपशिखा खड्काको सहभागीता थियो ।