
काठमाडौं, १८ जेठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले माग गरेअनुसार बजेट सार्वजनिक गर्नुअघि पत्रपत्रिकाले छापेको विषयमा छानविन गर्न समिति बनाउन प्रमुख दलहरू आन्तरिक गृहकार्यमा लागेपछि संसदको बैठक एक बजेसम्मका लागि स्थगित भएको छ ।
एक बजेपछि संसद बैठक बस्नेछ । कांग्रेसले माग गरेअनुसार बजेट चुहिएको बिषयमा छानविन गर्न आजै समिति बनाइनेछ । बिहान बसेको सत्तारुढ दलहरूको बैठकले विपक्षी दलको मागअनुसार समिति बनाउने निर्णय गरेको थियो ।
समिति बनाउने विषयमा प्रमुख दलका मुख्य सचेतकहरूको बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बैठक बसिरहेको छ ।












प्रतिक्रिया